
त्यही नै मेरो जित हो,’ भन्ने सटिक जवाफले अनुलाई विजयी बनाएको हो।
ताजसँगै उनले १५ हजार रुपैयाँ र आकर्षक उपहार पाइन्। पहिलो मिस मगर बन्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै उनले भनिन्, ‘यो क्षणमा म अत्यन्तै खुसी छु। म जे कुरामा हात हाल्छु त्यसमै लगनशील भएर लाग्छु। त्यही भएर आज यो सफलता हात लागेको हो।’
प्रतिस्पर्धामा भूमा थापामगर फस्ट रनरअप भइन्। पोखराको घारिपाटन निवासी भूमाले १० हजार रुपैयाँ र उपहार हात पारिन्। किशोरी आलेले सेकेण्ड रनर अप हुन सफल भइन्। उनले नगद ५ हजार र अन्य उपहार पाईनप्।
प्रतियोगितामा विभिन्न विधामा ११ जनालाई पुरस्कृत गरिएको थियो। पर्वत, तनहुँ, म्याग्दी, बाग्लुङ, स्याङ्जा, कास्की, बुटवलका २६ मगर युवती ‘सुन्दरी’ बन्न प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा फिल्म निर्देशक किशोर रानामगर, ब्युटिसियन सान्द्रा पुनमगर र सामुदायिक रेडियो वालिङका स्टेसन म्यानेजर गुमानसिंह थापामगर निर्णायक थिए।
– नागरिक



