पत्रकारहरुको आन्दोलन प्रति ऐक्यबद्धता

– कृष्ण खनाल 

बुटवल१० असार । पत्रकार खिलानाथ ढकाल माथि भएको कुटपिटको विरोधका चरणबद्ध आन्दोलनमा उत्रेको नेपाल पत्रकार महांसघको केन्द्रीय कार्यक्रम अन्तरगत शुक्रबार रुपन्देही शाखाले अन्तरकृया गरेको छ ।

दोश्रो चरणको आन्दोलन अन्तरगत पत्रकार महासंघ रुपन्देहीले सामाजिक संघसस्था तथा नागरिक समाज र मानव अधिकारबादी सस्थाहरु संग अन्तरकृया गरेको हो । अन्तरकृयामा सहभागी संघसंस्थाका प्रतिनिधिहरुले दण्डहिनताको विरुद्धमा पत्रकार महांसंघले गरेकेा आन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन  ।

कार्यक्रममा बोल्ने मानवअधिकारबादी तथा नागरिक समाजका अगुवाहरुले   पत्रकार खिलानाथ ढकाल माथि भएको आक्रमणको घटना विशुद्ध अपराधिक घटना भएकाले तत्काल दोषीलाइ पक्राउ गरि कार्बाही गर्न माग गरे । दण्डहिनताको अन्त्य गर्दै कानुनी राज्यको स्थापना र मानवअधिकारको रक्षाका लागि पनि आन्दोलन आवश्य रहेकोमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।

 घटनालाइ राजनीतिकरण गरेर दोषीलाइ संरक्षण गर्ने काम भइरहेको भन्दै त्यस्तो प्रबृत्तिलाइ नरोक्ने हो भने अभिव्यक्ति स्वतन्त्रता गुम्ने र दण्ड हिनता मौलाउदै जाने भएकाले महासंघले  आन्दोलनलाइ अझ सशक्त र प्रभावकारी ढगंबाट अगाडी बढाउदै लैजाने  जानकारी गराइएको थियो ।

नेपाल पत्रकार महांसंघका केन्द्रिय सदस्य मोहन चापागाइ जवाफ देहिता निगरानी समितिका सिव गौडेल फोसाडका पुरुसोत्तम घिमिरे द्धन्दपिडीत समाजका रिता सेनकाहुराष्ट्रका नेत्र पाण्डेशान्ति समाजका गोविन्द खनाल नागरिक समाजका पदम कार्की चादनी नेपालका भवानी प्रसाद पाण्डे लगाएतले बोल्दै दोषीलाइ तत्काल प्रकाउ गरि कानुनी कार्बाही गर्नुपर्ने माग गरे । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षता र सह सचिव टि पी भुसालको संचालनमा कार्यक्रम  भएको हो ।