सलमान खानद्वारा अभिनित चलचित्र दबंगले यस वर्षको आइफा अवार्डमा आफ्नो वर्चस्व

काठमाडौं  (एजेन्सी)- सलमान खानद्वारा अभिनित चलचित्र दबंगले यस वर्षको आइफा अवार्डमा आफ्नो वर्चस्व जमाएको छ। यस फिल्मले उत्कृष्ट चलचित्रसहित अन्य ६ विधामा अवार्ड हात पार्न सफल भएको छ। यस्तै ‘माइ नेम इज खान’का लागि शाहरुख खान उत्कृष्ट अभिनेता तथा त्यही फिल्मका लागि करण जोहरले उत्कृष्ट निर्देशकको उपाधि हात पारे।

त्यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड बैन्ड बाजा बारातका लागि अनुष्का शर्माले हात पारिन्। नवनायकको अवार्ड बैंन्ड बाजा बारातका लागि रणविर सिहंले हात पारे।

उत्कृष्ट गीतमा माइ नेम इज खानबाट साजदा र नुरे खुदाका लागि निराजन ल्यगंरले हात पारे। त्यस्तै उत्कृष्ट पटकथाका लागि माइ नेम इज खानकै लागि शिवानी भट्टिजाले हात पारिन्।

उतकृष्ट संवादतर्फ फिल्म इश्कियाबाट विशाल भारद्‍वाजले उपाधि हात पारे।

पहिलोचोटि स्टार प्लसको प्रस्तुती रहेको १२औं आइफा अवार्डमा १५ लाख जनताको आग्रहमा नायिका अनुष्का शर्मा र नायक रणविर सिंहले कार्यक्रमको होस्ट गरेका थिए।

शनिबार राति क्यानाडाको टोरोन्टोमा आयोजित १२औं आइफा अवार्डमा भारतीय सिनेमाका अधिकांश कलाकारहरु सहभागी भएका थिए।

क-कसले पायो आइफा अवार्ड
उत्कृष्ट फिल्म : दबंग
नवनायिका : सोनाक्षी सिन्हा, फिल्म दबंग
उत्कृष्ट स्क्रिनप्ले : अभिनय कश्यप र दिलीप शुक्ल, फिल्म दबंग
उत्कृष्ट गायिका : ममता शर्मा, मुन्नी बदनाम हुइ फिल्म दबंग
उत्कृष्ट गायक : राहत फतह अली, तेरे मस्त मस्त दो नयन फिल्म दबंग
नेगेटिभ रोल : सोनु सुद, फिल्म दबंग
उत्कृष्ट संगीत : साजिद-वाजित र ललित पण्डित, फिल्म दबंग
उत्कृष्ट शृंगार : निहारिका खान, फिल्म बैंन्ड बाजा बारात
उत्कृष्ट एक्सन : एस विजयन, फिल्म दबंग
मेकअप : बनु, फिल्म रोबर्ट
ब्याकराउन्ड स्कोर : शंकर, इशान, लोए, फिल्म माइ नेम इज खान
गीत रेकर्डिङ : विजय दयाल र ऐनियायी ऐनियायी, फिल्म बैंन्ड बाजा बारात
कोरियोग्राफर : फाराह खान, मुन्नी बदनाम हुइ फिल्म दबंग
सम्पादन : नम्रता राओ, फिल्म बैंन्ड बाजा बारात
साउन्ड रेकर्डिङ : प्रितम दास, फिल्म लभ सेक्स ओर धोका
रि साउन्ड रेकर्डिङ : लेस्ली फरनान्डेस, फिल्म दबंग
सिनेमेटोग्राफी : सुदीप चटर्जी, फिल्म गुजारिस
कला निर्देशन : सबु काइरिल, फिल्म रोबर्ट
स्पेशल इफेक्ट : भारतीय आर्टिस्टस्, फिल्म रोबर्ट

समारोहका केही तस्बिरहरु :

सबै फोटो : एपीएफ