काठमाडौ – सरकारले भोटोजात्राका अवसरमा मंगलबार उपत्यकामा सार्वजनिक
बिदा दिने निर्णय गरेको छ ।
उपत्यकाको महत्वपूर्ण चाडको रुपमा रहेको रातो
मच्छिन्द्रनाथको भोटोजात्राका अवसरमा ललितपुरको जावलाखेलमा भोटो देखाउने चलन छ ।
उक्त अवसरमा राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री लगायतको उपस्थिति रहने गर्छ ।



