काठमाडौको हनुमानढोकामा गरगहनाले भरिएका तीन वटा पूरानो बक्सा भेटिए

काठमाडौ  – काठमाडौको हनुमानढोका स्थित गद्दी बैठक कक्षको जिर्णोद्वार गर्ने
क्रममा त्यहा गरगहना र अन्य सामग्री भरिएको तीन वटा पूरानो बक्सा भेटिएको छ ।
सोमबार अपरान्ह उक्त पूरानो बक्साहरु भेटिएको हो ।

बक्सामा सुन र चाँदीका गरगहना,मल्लकालिन भगवानका मूर्तीहरु तथा अन्य प्राचिन
सामग्रहीहरु रहेको छ । भेटिएका गरगहना तीन किलो सुन र ८० किलो चाँदी रहेको अनुमान
गरिएको छ ।

तीन तल्लामाथिको कोठामा ती बक्साहरु भेटिएको थियो । उक्त क्षेत्रको
सुरक्षा व्यवस्था नेपाली सेनाले हेर्दै आएको छ । नेपाली सेनाका प्रवक्ता रमिन्द्र
क्षेत्रीले भेटिएका सामग्रीहरु सुरक्षाको दृष्टिकोणले तत्काललाई सेनाको जिम्मा
राखिएको बताएका छन् ।

हनुमान ढोका क्षेत्रको सुरक्षा सेनाले र अन्य कामहरु पुरातत्व
विभाग,गुठि संस्थान लगायतले हेर्ने गरेको छ ।