काठमाडौं – विश्व कप छनोट चरण फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
दशरथ रंगशालामा बुधबार नेपालले पूर्वीटिमोरलाई २-१ ले हराएको छ ।
नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरे । अनिलले १४ औं मिनेटमा पाएको
पेनाल्टी सदुपयोग गरे भने जुमानुले ६९ औं मिनेटमा विराज महर्जनको क्रसलाई हेडमार्फत
पोस्ट चुमाए ।
पूर्वीटिमोरका कोरियाले मध्यान्तरलगत्तै फ्रिकिकलाई सदुपयोग गरी आफ्नो टिमलाई
सान्त्वना दिलाए ।
सन् २००२ मा इन्डोनेसियाबाट छुटि्टएर बनेको पूर्वीटिमोर फिफा बरियतामा दुई सयौं
स्थानमा छ । नेपाल भने १ सय ४७ औं स्थानमा छ ।



