हिन्दी चलचित्र दिल्ली बेली प्रदर्शनमा रोक

काठमाडौं – नेपाल प्रहरीले एक गत शुक्रबारदेखि प्रदर्शनमा आएको हिन्दी
चलचित्र ‘दिल्ली बेली’ प्रदर्शनमा रोक लगाएको छ ।

चलचित्र बिकास बोर्डको सेन्सर समितिले चलचित्रका केही दृष्य सेन्सर गर्न दिएको
निर्देशन नमानि प्रदर्शनमा आएपछि आइतबार साँझकै ‘सो’ प्रदर्शन गर्नबाट रोकेको हो ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा चलचित्र प्रदर्शनमा रोक
लगाइएको काठमाडौं परिसरका एसपी केदार रिजालले बताए ।

भारतीय नायक आमिर खान निर्माता रहेको दिल्ली बेल्लीमा उनका भान्जा इमरान खान
मुख्य भुमिकामा छन् । आमीरको यो होम पोडक्सन हो ।

केही आपत्तिजनक दृष्यका विषयमा यसअघि नै विरोध भएको थियो । तर निर्माता खानले
भने फिल्ममा केही ‘बोल्ड’ सिनहरु रहेपनि आपत्तिजनक नरहेको दाबी गरेका छन् ।