आफू गर्भवती र वैवाहिक जीवनमा समस्या आएको भन्ने हल्ला निराधार: बलिउड अभिनेत्री शिल्पा शेट्टी


मुम्बई – बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो वैवाहिक जीवनमा समस्या आएको भन्ने हल्लालाई निराधार बताएकी छिन्। उनले पति राज कुन्द्रासँग अमेरिकामा बिदा मनाइरहेको जानकारी दिँदै आफू गर्भवती नभएको पनि जानकारी दिइन्।

 

‘म गर्भवती छु भन्ने खबर साँचो होइन, त्यस्तै मेरो पतिको अर्कैसँग अफेयर चल्दै गरेको कुरा पनि झुठ हो,’ शिल्पाले ट्वीटरमा भनेकी छिन्, ‘पत्रपत्रिकाहरूले यस्तो हल्लालाई समाचार बनाउनु कुनै नौलो होइन।’


राज कुन्द्राले लन्डनको कपाल प्रत्यारोपन केन्द्रमा एक आकर्षक कामदार युवतीलाई भेटेको र पछि उनले युवतीलाई युरोप भ्रमणको उपहार दिएको भन्ने खबर केही पत्रिकामा छापिएका थिए। तर, ३६ वर्षीया शिल्पाले यो खबरलाई झुठ बताएकी छिन्।


‘हाम्रो दाम्पत्य जीवन सुखद छ,’ भन्दै शिल्पाले पत्रिकाविरुद्ध रिस पोखेकी छिन्।

 

– एजेन्सी