
काठमाडौ । काठमाडौंको हनुमानढोका गद्दी बैठक र मसान चोकबीचको पुरानो घरमा फेला परेका दुइटा बाकसमा सुनका विभिन्न सामान र तामाको सिक्का भेटिएको छ ।
यही असार १३ गते भेटिएका तीन बाकसमध्ये दुइटा खोल्न बाँकी रहेकामा आज पुरातत्व विभाग, गुठी संस्थान र दरबार सङ्ग्रहालयका प्रतिनिधिको रोहबरमा ती बाकस खोलिएको हो । खोलिएका दुई बाकसमध्ये सानो आकारको बाकसमा सुनका गहना, पूजा गरिने चाँदीका भाँडाकुडा, एकसय आठ र चौवन्न पातका दुईवटा सुनको तुलसी पात र कपालमा लगाइने सुनकै गहना भेटिएको छ भने अर्को बाकसमा मिति नखुलेको इष्ट इन्डिया कम्पनीको एउटा तामाको सिक्का भेटिएको छ । ती सुनका गहनाको भने तौल नलिइएको गुठी संस्थानका अधिकृत राजेन्द्र दाहालले बताउनुभयो ।
यस्ता बाकस अन्यत्र पनि भेटिने अनुमान गरिए पनि खोजी कसले गर्ने भन्नेमा गुठी संस्थान र पुरातत्व विभाग दुवै अलमलमा परेका छन् । त्यसबेलाको रत्न पद्धति जाँच अड्डाको संरक्षणमा रहेका देवीदेवताका यस्ता गर



