काठमाडौ –
डिजेल र मट्टितेलमा ५/५ रुपैया मुल्य बृद्धि भएको छ । शनिबार बसेको
नेपाल आयल निगम संचालक समितिको बैठकले मुल्य बढाउने निर्णय गरेको हो । बढेको मुल्य आइतवारदेखि नै
लागु हुनेछ ।
निगमका प्रवक्ता मुकुन्द ढुंगेलले डिझेल र मट्टितेलमा गरिएको मुल्यबृद्धि पछि
निगमको घाटा ७४ करोड रुपैयाँमा झर्ने अनुमान गरिएको छ । मुल्यबृद्धि नगर्दा घाटा एक
अरव रुपैया भन्दा बढि थियो ।
अव डिजेल र मट्टितेलको मुल्य ७३ रुपैयाँ ५० पैसा पुगेको छ । यसअघि निगमले
पेट्रोलको मुल्य बृद्धि गरेको थियो ।



