नेपालले बंगलादेशलाई ६४-६१ स्कोरले पराजित

अनिल घिमिरे, नयाँ दिल्ली

 – ३६ औं फिबा मध्य एसिया छनोट बास्केटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले बंगलादेशलाई ६४-६१ स्कोरले पराजित गरेको छ। यो जितसँगै नेपाल समूह विजेताकारुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा नेपाल श्रीलंकासँग भिड्नेछ।

नेपालले पहिलो खेल भुटानसँग बुधबार खेलेको थियो। भुटानलाई नेपालले ७९-५३ सेटमा हरायो।