– मुलुकभरका शिव मन्दिरहरुमा
साउन महिनाको पहिलो सोमबार भक्तजनको भीड लागेको छ । साउनको सोमबार हिन्दु धर्मालम्बीहरुले शिवको पूजा आराधना
गरे चाहेको फल पाईने धार्मिक विश्वास रहेको छ । पर्वतका विभिन्न शिव मन्दिरमा
विहानैदेखि भक्तजनहरुको भिड छ । पर्वतको गुप्तेश्वर गुफा,अल्पेश्वर गुफा लगायतका
शिवालयहरुमा ब्रतालु भक्तजनहरुको भिड लागेको छ ।
गुप्तेश्वर गुफामा भने विहानैबाट हजारौं भक्तजनको भिड लागेकोले घट्ना घट्न नदिन
सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । मनोकांक्षा पूरा होस् भनि बिवाहित तथा
अविवाहीत महिलाहरु साउने सोमवारमा ब्रतबसी चोखो खाने गर्छन ।



