उर्लाबारी – मोरङको उर्लाबारी-६ मङ्गलबारेमा बुधबार राति एक बालिकालाई
छिमेकी छिमेकी २३ वर्षीय विकल मिश्रले बलात्कार गरका छन् ।
स्थानीय कलमनारायण मल्लिकको घरमा सहयोगीका रूपमा काम गर्ने ती बालिकालाई मिश्रले
घर नजिकै रहेको बाँस झ्याङमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
रक्तश्रावका कारण छिमेकीहरुले बिहीबार बिहान पीडित बालिकालाई सोधपुछ गरेपछि सो
घटनाको वास्तविकताबारे सार्वजनिक भएको हो ।
बलात्कारी मिश्रलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।
पीडित बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेमा उपचार गरिएको इलाका प्रहरी
कार्यालय, उर्लाबारीका प्रहरी नायब निरीक्षक डम्बरप्रसाद आचार्यले बताए । रासस



