भेनेजुएलालाई हराँउदै पाराग्वे कोपा अमेरीका फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश
गरेको छ ।
अर्जेन्टीनामा जारी प्रतियोगिता अन्तर्गत आज विहान सम्पन्न सेमीफाईनलमा
पाराग्वे टाई ब्रेकरमा विजयी भएको हो ।
खेलको निर्धारित ९० मिनेट र अतिरीक्त ३०
मिनेटमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई
ब्रेकरमा पाराग्वे ५-३ ले विजयी भयो ।



