दुई दशकपछि अमिताभ र श्रीदेवी सँगै फिल्ममा देखिने

मुम्बई   – अमिताभ बच्चन र श्रीदेवी सँगै देखिएको पछिल्लो
फिल्म हेर्दा सायद तपाईंहरूमध्ये धेरैजना केटाकेटी नै हुनुहुन्थ्यो होला । खुसीको
खबर के छ भने झन्डै दुई दशकपछि अमिताभ र श्रीदेवी सँगै फिल्ममा देखिने भएका छन् ।
‘इङलस भिङलस’ फिल्ममा उनीहरू सँगै देखिने भएका हुन् ।

अमिताभ र श्रीदेवीले पछिल्लोपटक १८ वर्षअघि ‘खुदा गवाह’ मा सँगै अभिनय गरेका थिए
। सन् १९९३ मा रिलिज यो फिल्म खेलेबापत दुवैजना फिल्म फेयरका लागि मनोनयनमा परेका
थिए ।

अमिताभ र श्रीदेवीले सोमबार ‘इङलस भिङलस’ को छायांकनमा सहभागी भए । फिल्ममा
अमिताभको सानो भूमिका मात्र छ । श्रीदेवीको भूमिका श्रीमान् र परिवारलाई खुसी राख्न
अंग्रेजी सिकाउने हाउस वाइफको रूपमा छ । अमिताभ फिरन्तेका रूपमा देखिन्छन् र
श्रीदेवीलाई भेटेर च्याट गर्छन् ।

– एजेन्सी