कतार
नेपालको प्रगतिशिल जनगीती यात्रामा रक्तिम परिवारको नाम नसुन्ने रक्तिम परिवारका गीतहरु नसुनेका र नगुगुनाऊने सहायद कमै होलान । रक्तिम परिवारका कतिपय गीतहरु सुन्दा मलाई यस्तो लाग्छ । त्यो प्रत्यक्ष रुपमा मलाई नै परेको घटना व्याथा वा वेदना हो भन्ने भान हुन्छ । रक्तिम परिवारका गीतहरु किन लोकपि्रय वा जनपि्रय छन् भन्ने विषयमा हामीलाई्र पार्टी कलासमा प्रुन्सका नेश्नल सेन्टर अफ साइन्टिफिक रिसर्चकी अनुसन्धानकर्ता ब्ललभ मभ कबभिक ले यी कुराहरु बताएका थियो १। यो गीत सुन्ने श्रोता वा व्यक्तिलाई यसको पात्र म आफै हो जस्तो अनुभव हुनु । २। क्रान्ति स्वभाविक हो यसलाई कसैले रोक्न सक्दैन यो प्राकृतिक नियम जस्तै छ । ३। मर्न केही होईन मर्न रमाईल्ााे हो तर केही गरेर मर्नु पर्छ । ४। यसले भावुकता दिन्छ भावुकताको शक्ति सवै भन्दा ठूलो शक्ति हुन्छ र भावुकताले नै आक्रोस जन्माउँछ त्यसले रिसको रुप लिन्छ र परिस्थितिलाई परिवर्तन गर्ने विचार आउँछ । ५।रक्तिमका गीतले नेपाल आफ्नो शरिर जस्तो हो र याहाँ बग्ने नदी नाला रगत जस्तो हो यसलाई बचाउँनु हामी आफु बाच्नु नै हो भन्ने शन्देस दिएको छ । यसै कारण रक्तिमका गीतहरु जनपि्रय भएका छन भन्नु भएको थियो ।
यहाँ मैले रक्तिमका सबै गीतहरुको बारेमा कलम चलाउँन सक्दिन र मेरो कलमले रक्तिम परिवारका गीतहरुको बयन गर्नु भनेको ईन्द्रको अगाडी स्वर्गको वयन गरे जस्तो मात्र हुन्छ । तैपनि मैले यस्ता केही गीतहरुको बारेमा छोटकरीमा मात्र लेखिरहेको छु जुन गीत र संगीतले हामी विदेशमा रगत पसिना बगाउँने वा प्रवासी जीन्दगी विताउँन बाध्य भएका नेपालीहरुको प्रत्यक्ष व्यथालाई समेटेका छन ।
कोही साथि टिष्टापारी कोइलाको खानीमा
कोही साथी सिठ्ठी फुक्दै कन्या कुमारीमा
हत्केलामा ज्यान राखि समुन्द्रको पानीमा
के साह्रो आपत यो जिन्दगानी
कहिले हो कहिले हो धमिलो छ सम्झाना
धेरै भो छोडेको प्यारो देशको सिमान
यी माथिका गीतका हरफहरुले हामी प्रवासमा काम गर्ने नेपालीहरुको दर्दनाक व्यथा र यथार्थलाई प्रष्ट्याएको छ देशको सिमाना काटेको पनि धेरै भई सकेको र कस्ता कस्ता काम पाऊछन् त नेपालीहरुले विदेशमा भन्ने कुराको झल्को गीतको एक टुक्रोमा नै प्रष्टीएको छ । यो विशेषत भारतमा काम गर्ने नेपाली कामदारहरुको यथार्थ हो । भने हामी अरवमा कम गर्ने नेपालीहरुको पनि मन नछुने कुरै रहेन यसको सबै भाका शब्द संगीत सुन्नलाई रक्तिम परिवारका क्यासेटहरु नै सुन्न जरुरी छ ।
तिम्रो खरको छानो चुहेर िपंडिमै आहालछ-२
तिम्रो घरको आंगन भत्केर सारै नै बेहाल छ-२
विदेशमै डुलेर गैसक्यो जिवन
छैन कि कसो हो घर फर्कने मन
यो चिठ्ठी दिनु है उनेको नाउँमा
सोध्नु है कहिले आउँछन् फर्केर गाउँमा
भन्दै ती आँशु झार्दै रुन्थिन बरबरी
ती तिम्रा संगिनी रुन्थिन धरधरी