नरेश बहादुर खत्रीका लागि अर्घाखाँची कोरिया सम्पर्क मंच आर्थिक सहयोग

                         –”’ तिमीसंग बलियो मुटु छ र बलिया पाखुरा छन् भने

                                तिमि आफ्ना आवश्यकता पुरा गर्न सक्छौ ”’

अर्घाखाँची जिल्लाको किमडांडा गा.बि.स.वार्ड न-४ खाल निवासी बुबा भिम बहादुर खत्री तथा आमा श्यामकला खत्रीको छोरा वर्ष १८, पकलेको जनता मा.बि मा १२ कक्षामा गणित बिषय लिएर पढिरहेका नरेश बहादुर खत्रीको यतिबेला आफ्नो जीवनको जोडघटाऊ गर्नु परिरहेको छ।

मुटु सम्बन्धी गम्भिर विरामी उनलाई तुरुन्त २ मुटुका भल्व फेर्नु पर्नेभएकोले तर घरको आर्थिक स्थिती अन्यान्तै कमजोर भएका कारण जिल्ला एवम देशका विभिन्न संघ सस्थाहरु, समाज, देश विदेशमा रहेका नेपाली समुदायहरुमा अर्घाखाँची डटकम (अर्घाखाँची टाइम्स) मार्फत विषेश सहयोग अभियान सन्चालन गरिएको बेला अर्घाखाँची कोरिया सम्पर्क मंच तथा अर्घाखाँचीडट्कम कोरिया व्युरो प्रमुख कर्ण जंग रायमाझी निरन्तर रुपमा सहयोग सन्कलन गर्न लागि पर्नुभएको र अहिले सम्म २०००० रुपैया उपलब्ध गराइसकेको र सन्कलन गर्ने काम जारी रहेको जानकारी प्राप्त भएको छ ।
 
साथै प्रमुख कर्ण जंग रायमाझीले कोरिया लगायत विश्वभरका सम्पूर्ण नेपाली समुदायलाई थोपा थोपा मिलेर एउटा समुन्द्र बन्छ”’ उखान भनाई अनुसार आफुले सक्दो सहयोग गरिदिनुहुन सम्पूर्णमा विषेश आहावान गर्नुभएको छ। यसैगरी उहाले २० हजार रुपैया सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुका साथै अन्य कोरियामा कोही कसैले आर्थिक सहयोग गर्न चाहेमा IBK Bank, Arghakhanchi Korea Samparka Manch- 61600587802016 मा जम्मा गर्न सकिने जानकारी गराउनु भएको छ।
 
साथै श्री रायमाझीले सबैको सहयोगको अपेक्षा राख्दै सम्पूर्णको सक्दो सहयोगले नरेशको मुटु अपरेशन छिटो सफल लगायत उनको सुस्वास्थ्य, दिघायुको हार्दिक मंगलमय शुभकामना समेत गर्नुभएको छ।
 
अर्घाखाँची कोरिया सम्पर्क मंच मार्फत सहयोग गर्नेको विवरण निम्न प्रकार छ।

अर्घाखाँची कोरिया सम्पर्क मंच

तथा

१- कर्ण जंग रायमाझी (सन्धिखर्क-६ )

२-पुकार शाह (छात्रगंज -२)

३-ठाकुर प्रसाद भुसाल (किमडाडा -७ )

४-युबराज पाण्डे (ठुलापोखरा-१)

५- बिष्णु भुसाल (किमडाडा -७)

६- गणेश थापा (किमडाडा -७)

images

७- हुम प्रसाद श्रेस्ठ (सन्धिखर्क-९)

८- धर्मराज पराजुली (किमडाडा )

images

९- खेमराज आचार्य (मरेङ )

१०-बालाराम मल्ल (पालि)

images

११- बिष्णु प्रसाद आचार्य (खाँचीकोट)

१२ -कृष्ण आचार्य (आर्घातोस-१)

१३- पुस्कर पौडेल (नुवाकोट -६ )

१४- सुन्दर पन्थी (छापडाडा )

Nepal life insurance

नरेशबहादुर खत्रीको जीवनरक्षाको लागि आर्थिक सहयोग गर्ने व्यक्ती- संघ-सस्थाहरुको विवरण