भैरहवा भन्सार कार्यालयले आर्थिक बर्ष २०६७\६८ मा कुल लक्ष्यको ९६ दशमलब २२ प्रतिशत
राजश्व संकलन गरेको जनाएको छ । यो भैरहवा भन्सारलाई १२ अर्ब १४ करोड रुपैयाँ राजश्व
संकलन गर्न दिइएको लक्ष्य भन्दा कम ११ अर्ब ७० करोड २८ लाख रुपैयाले कम हो ।
राजश्व
संकलन आर्थिक वर्ष २०६६\६७ को भन्दा करीब २२ प्रतिशत बढि भएपनि गत वर्षको लक्ष्य
भन्दा ३ दशमलब ७८ प्रतिशत कम हो । बजेट समयमा नआएको एवं आयातमा कमी आएका कारण
लक्ष्य अनुसारको राजश्व संकलन नभएको प्रमुख भन्सार अधिकृत डिकर देब भट्टको भनाइ छ ।
लक्ष्य अनुसारको राजश्व संकलन नभएपनि ९६ प्रतिशत राजश्व संकलन अन्य भन्सार
कार्यालयको भन्दा उत्कृष्ट रहेको भैरहवा भन्सारको दाबी छ ।



