काठमाडौ – यही साउन २४ (अगष्ट ९) गतेका दिन १७
औं विश्व आदिवासी दिवस मनाउने तयारी आदिवासी जनजातिहरुले गरेको छ ।
दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले आइतवार पत्रकार सम्मेलन गरी एक
महिने कार्यक्रम सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष राजकुमार लेखीले पत्रकार
सम्मेलन बितरण गरेको प्रेस बक्तब्यमा विगतमा जस्तै दिवसलाई अवसरका रुपमा उपयोग
गर्दै आफ्ना मागहरु पुरा गराउनका लागि राज्यसत्तामाथि दवाव दिने काम गर्ने उल्लेख
गरेका छन् ।
उनले दिवस मूल आयोजक समितिका तर्फबाट ‘स्वशासन, आत्मनिर्णयको अधिकार र जाती,
भाषा,ऐतिहासिक पहिचानको आधारमा राज्य पुनसंरचना सुनिश्चित भएको संविधान:
सयौं वर्षदेखि आदिवासी जनजाति माथीको जातीय विभेद अन्त्य र धर्मनिरेपक्ष संघीय
लोकतान्त्रिक गणतन्त्र अखण्ड राष्ट्र नेपाल स्थापना गर्ने सुनौलो अभियान !’ भन्ने
नारा तय गरिएकोसमेत जनाए ।
दिवसको एक महिने कार्यक्रम अन्तरगत प्रचरात्मक कार्यक्रम (असार २४ देखि श्रावण
१२), आदिवासी जनजातिका अधिकार विषयमा अन्र्तक्रियात्मक कार्यक्रम (श्रावण १३ देखि
२३ ) र श्रावण २४ गते प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मूल कार्यक्रम
आयोजना गरिने बताए ।



