बुटवल दुर्घटनामा एक घाईते

– कृष्ण खनाल

बुटवल ८ साउन । बुटवल १२ रामनगरको अशोक पेट्रोल पम्प नजिक वोलबमका लागी जल लिएर हिडीरहेको बसमा मोटर साईकल ले ठक्कर दिदा  एक जना घाईते भएका छन ।

मोटरसाईकलमा सबार नवलपरासी जिल्ला माकर गाविस स्थायीघर भएका लाल प्रसाद खरेल घाईते भएका हुन । उनी आफैले चलाएको लु ८ प ७१६२ नम्बरको मोटरसाईकल लु १ ख ५२४७ नम्बरको बषमा ठोक्कीएको थियो । घाईते खरेललाई  उपचारको लागी  चितवनको भरतपुर रिफर गरिएको छ ।