पढाई खर्च जुटाउन गएका ठूलापोखराका तीन बालिकाहरुको डुबेर मृत्यु

– शोभाखर पन्थी

साउन ८ अर्घाखाँची । स्कुल पढ्ने खर्च जुटाउन ज्याला मजदुरीका लागि अरुको खेतमा काम गर्न गएका अर्घाखाँचीको ठूलापोखरा गाविसका ३ बालिकाको खोलामा डुवेर मृत्यु भएको छ ।

ठूलापोखरा वार्ड न १ घर भई नेरा उमावि ठूलापोखरामा कक्षा ९ मा पढ्ने वर्ष १५ की रिता बिक ठूलापोखरा १ कै भगवति निमा वि ठूलापोखरामा कक्षा ८ मा पढ्ने वर्ष ११ कि उषा बिक र ठूलापोखरा ३ की सोही विद्यालयमा पढ्ने वर्ष १५ कि रेखा पाण्डेको ठूलापोखरा ७ को चौवा खोलामा डुवेर मृत्यु भएको हो ।

आर्थिक अभावका कारण विद्यालयमा पढ्न कापि कलम र लुगाफाटो जुटाउन नसकेपछी धान वोकेर थौरै भएपनि पैसाको जोहो गरेर पढाइ खर्च जुटाउन चौवा फाँटमा गएका बालिकाहरु आफुले बोकेको धानको भारी फुलवारी चौतारोमा बिसाएर नुहाउनका लागी चौवा खोलामा गएकोमा पापी मृत्युको मुखमा परेर सधाका लागी विदा भए ।

खाँउ खाँउ र लाउँ लाउँ उमेरका वालिकाहरु धान उठाउदै आ टज्ञद्धद्धण्सनो भविष्यको बारेमा कुराकानी गरेर दिनभर रमाएका थिए । सधै सङ्गै खेल्ने सङ्गै हिड्ने बालिकाको आज एकै ठाउँमा पौड्दा एकै समयमा मृत्यु भएको छ । गाउँमा सबैको दुःख सुखमा साथ दिने बालिकाहरु सबैको बिचमा आँखाको नानी जस्तै भएका थिए ।

यस पटकको तीजमा निक्कै रमाईलो गर्ने हो भनेर आपसमा दिनभर सल्लाह गरेका विचारा वालिकाहरुले तीज मनाउन त पाएनन् नै कति बेला छोरी आउली र खान दिम्ला भनेर आमाले तयार गरेको खाजा समेत छोडेर गए । गाउँको विद्यालयमा पढ्ने निकै अनुशासित जेहेन्दार र हँसिला वालिकाको मृत्युले सीङ्गो विद्यालय नै अध्यारो हुने शिक्षकहरुले बताउँछन् ।

वालिकाको मृत्युले स्थानीय वासिन्दाहरु डुको छोडी-छाडी रुवावासी गरेका छन् । गाउँमा आइतवार राति अवेरसम्म पनि कसैको घरमा चुलो नजलेको स्थानीय कमला विकले बताईन् । गरिवीका कारण विचरा वालिकाहरुले आफै खर्च नजुटाई पढ्न त पाएनन् नै मृत्युपछि पनि उनीहरुको दाह संस्कार र काज कि्रया गर्न घरमा आर्थिक खर्च छैन । स्थानीय बासिन्दाहरुले चन्दा सङ्कलन गरेर उनीहरुको दाह संस्कार र काज कि्रया गर्ने तयारी गरेको स्थानीय समाजसेवी चन्द्रमणि पाण्डेले बताए ।

सरकारले गरीब तथा विपन्न परिवारका बालवालिकाहरुलाई पढ्नको निम्ति करोडौँ रुपैयाँ छात्रा वृति वितरण गर्दा अर्घाखाँचीका विपन्न बालवालिकाहरु भने पढाई खर्चको जोहो गर्नका लागि वाल श्रमिकका रुपमा काम गर्दै आएका छन् ।

                                                   

                                                         Prem Narayan Acharya in Arghakhanchi contributed to this report)

images

Arghakhanchi.Com’s earlier story is below.

 

images

खोलामा डुबेर ठुलापोखरामा ३ जना बिद्यार्थीको मृत्यु

images

– प्रेमनारायण आचार्य

अर्घाखाँची ८ साउन । अर्घाखाँचीको ठुलापोखरा गाविसमा आज दिउसो धान लिन खेतमा गएको बेला खोलामा डुबेर ३ जना बिद्यार्थीको मृत्यु भएको छ ।

धान लिन खेतमा गएको बेला ठुलापोखरा गाविसको वाड नं ९ चौहामा रहेको जररे खोलामा नुहाउने क्रममा खोलामा डुबेर नेपाल राष्टिय उच्च माबि ठुलापोखरामा अध्यनरत ३ जना बिद्यार्थीको मृत्यु भएको हो । खोलामा तैरिएको अवस्थामा मृत भेटिएका तीनै जनालाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

मृत्यु हुनेमा ठुलापोखरा गाविस वाड नं १ धारा गाउँकी ११ बर्षीया उषा विक, १६ बर्षीया रिता विक र वाड नं ३ कि १५ बर्षीया रेखा पाण्डे रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

Nepal life insurance

उषा र रेखाले कक्षा ८ मा र रिताले कक्षा ९ मा नेपाल राष्टिय उच्च माबिका बिद्यार्थीमा अध्यनरत बिद्यार्थी रहेको स्थानीय प्रकासचन्द्र पौडेलले बताएका छन् ।

मृतक तीनै जनालाई पोस्टमार्टमकोलागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ ।

नेपाल राष्टिय उच्च माबि, ठुलापोखरा