पश्चिम दैलेखमा खोलाले बगाउँदा एक जना बेपत्ता

दैलेख – पश्चिम दैलेखस्थित रामाघाट खोलाले बगाउँदा
शुक्रबारदेखि एक जना बेपत्ता भएका छन् । बिरामी छोरालाई रामाघाट मेडिकलमा छाडेर
र्फकर्ने क्रममा लयाँटीविन्द्रासैनी गाविस-२ का ५३ वषर्ीय ध्वजबहादुर शाही बगेर
बेपत्ता भएका हुन् ।

आफन्तले उनको खोजी गरिरहेका छन् । स्थानीयबासी खगेन्द्र शाहीले बगेको स्थानदेखि
करिब ३ किलोमिटर तल सात्तडा किनारमा कपडा भेटिएको जानकारी दिएका छन् ।