
काठमाडौं – मिस नेपाल २०११ को आवेदन खुलेको छ। गत बिहीबारदेखि मिस नेपालको आधिकारिक वेबसाइटबाट फर्म खुला गरिएको हो। ‘यसपटक हामीले मुख्य प्रायोजक नै परिवर्तन गरेका छौं।
अनि आवेदन अनलाइनबाट मात्र लिन पाइने छ,’ आयोजक गेहेन्द्रमान राजवंशीले भने। दि हिडेन ट्रेजरले आयोजना गर्ने प्रतियोगितामा १९ देखि २५ वर्षका नेपाली अविवाहित युवतीले सहभागी हुन पाउने छन्।
कम्तीमा पनि प्लस टु सिध्याएका ५ फिट ४ इन्चका युवतीलाई मात्र आवेदन भर्न आयोजकले अनुरोध गरेका छन्।
अन्तिम प्रतियोगितामा केबल २० प्रतियोगीलाई सहभागी गराइने छ। प्रतियोगिताको फाइनल आगामी भदौ १३ मा आर्मी अफिसर्स क्लबमा हुने छ। फर्म बुझाउने अन्तिम मिति साउन १८ सम्म तोकिएको छ।
अनलाइन फर्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला। नागरिक



