कपडा धुन गएकी २६ बर्षीया युवती भेरी नदीमा बगेर बेपत्ता

जाजरकोट  –
जाजरकोटको कार्कीका गाविस वडा नं. ४ को २६ बर्षीया देवी अधिकारी बिहीबार दिउँसो
भेरी नदीमा बगेर बेपत्ता भएकी छन् ।

कपडा धुन गएकी अधिकारीलाई खोलाले बगाएको हो । उनको खोजी कार्य जारी रहेको
प्रहरीले जनाएको छ ।