स्पेन यात्रामा आधारित जिन्दगी ना मिले दुवाराले १० दिनमा १ अर्ब ८ करोड रुपियाँको कारोबार

मुम्बई – जोय अख्तरको फिल्म जिन्दगी ना मिले दुवाराले १० दिनमा १ अर्ब ८ करोड रुपियाँको कारोबार गरेको छ। तीन साथीले गरेको स्पेन यात्रामा आधारित फिल्मले बक्स अफिसमा अपेक्षा भन्दा बढी नै आम्दानी गरेको हो। इरोस इन्टरनेसनलको ब्यानरमा बनेको फिल्ममा हृतीक रोशन, फरान अख्तर, अभय देवाल, कल्की कोचिन र कैटरिना कैफको प्रमुख भूमिका छ।

फिल्मले भारतीय बजारबाट ८६ करोड र भारतबाहिर २२ करोड रुपियाँ कमाएको छ। फिल्म विश्‍वका १ हजार ८ सय पर्दामा रिलिज भएको थियो।

‘जिन्दगी ना मिले दुबाराको अडिअन्स र क्रिटिक्स रेस्पोन्सले हामीलाई उत्साहित बनाएको छ। विशेषगरी मल्टिप्लेक्सले अत्याधिक राम्रो परिणाम दिइरहेको छ,’ इन्डिया इरोज इन्टरनेसनल मिडियाका वितरण तर्फका बरिष्ठ उपाध्यक्ष नन्दु आहुजाले भने। फिल्मले पहिलो सप्‍ताहन्तमा ५२ करोड ५० लाख रुपियाँ संकलन गरेको थियो।

-एजेन्सी