काठमाडौं – यु १९ विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपालले केन्याविरुद्ध शानदार जीत हात पारेको छ। आइतबार आयारल्याण्डको डब्लिनमा भएको खेलमा नेपालले केन्यालाई ६ विकेटले पारजीत गरेको हो।
पहिला टस जिती नेपालले केन्यालाई ब्याटिङको निम्तो दिएको थियो। केन्याले ४८.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। २० ओभर नपुग्दै ४ विकेट क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको हो।



