बलिउड नायक सलमान खानलाई आफ्नो पहिलो प्रेमी बताउने सोमी अलीले ऐश्वर्या रायका कारण सम्बन्ध टुटेको आरोप


 

– पूर्व विश्वसुन्दरी नायिका ऐश्वर्या रायसँगको प्रेम सम्बन्धविच्छेद भएपछि दिन दशा बिग्रेका सलमानलाई त्यसपछि धेरैले उदण्ड प्रेमीको रूपमा टिप्पणी गरेका थिए । तर यति बेला उनकी पूर्वप्रेमिकाले सलमानसँग आफ्नो सम्बन्ध छुटेकोमा पश्चात्ताप गरेकी छन् । सलमानलाई आफ्नो पहिलो प्रेमी बताउने सोमी अलीले आफूहरूले नचाहँदा नचाहँदै पनि ऐश्वर्याका कारण सम्बन्ध टुटेको आरोप लगाएकी छन् ।

 

मुम्बई  – यति बेला बलिउडमा कसैको दिन सप्रेको छ भने नायक सलमान खान जतिको त पक्कै नहोला । कुनै पनि फिल्म सुपरहिट नहुँदा पनि सुपरहिट भइरहने नायक यति बेला साँच्चिकै सुपरहिट फिल्मका नायक बनिरहेका छन् ।

 

‘हम दिल दे चुके सनम’ नायकका यति बेला एकपछि अर्को गरी आएका फिल्मले बलिउड बक्स अफिसको पारो नै तताइदिएका छन् । ‘तेरे नाम’ मा प्रेमीको छविमा उत्कृष्ट देखिएका सलमानलाई फ्यानहरूले भने ‘वान्टेड’ मा उनलाई एक्सन भूमिकामा पनि रुचाइदिए । गत वर्षको ‘दबंग’ ले मच्चाएको हल्लिखल्ली सेलाउन नपाउँदै त्यस्तै प्रकृतिको एक्सन/कमेडी फिल्म ‘रेडी’ ले बलिउडको ट्रेन्ड नै त्यतै मोडिदियो ।

 

सधैं नयाँनयाँ नायिकासँगको प्रेमका कारण चर्चामा आइरहने सलमान अहिले फिल्म नै हिट भएर नाम र दाम दुवै कमाउन थालेका छन् । महत्त्वाकांक्षी मानिएको उनको अर्को फिल्म ‘बडिगार्ड’ नआउँदै उनी बलिउडका सर्वाधिक महँगा नायक बनेको अपुस्ट खबर सुन्नमा आएको छ ।

 

पूर्व विश्वसुन्दरी नायिका ऐश्वर्या रायसँगको प्रेम सम्बन्धविच्छेद भएपछि दिन दशा बिग्रेका सलमानलाई त्यसपछि धेरैले उदण्ड प्रेमीको रूपमा टिप्पणी गरेका थिए । तर यति बेला उनकी पूर्वप्रेमिकाले सलमानसँग आफ्नो सम्बन्ध छुटेकोमा पश्चात्ताप गरेकी छन् । सलमानलाई आफ्नो पहिलो प्रेमी बताउने सोमी अलीले आफूहरूले नचाहँदा नचाहँदै पनि ऐश्वर्याका कारण सम्बन्ध टुटेको आरोप लगाएकी छन् । पूर्व भारतीय नायिका समेत रहेकी पाकिस्तानी मोडल तथा पत्रकार सोमीले आफूहरू दुईले एकअर्कालाई अधिक माया गर्ने भए पनि ‘हम दिल दे चुके सनम’ सुटिङका क्रममा ऐशले भाँजो हालिदिएको आरोप अहिले आएर खोलेकी छन् ।

 


 

सन् ९० को मध्य दशकमा सुरु भएको दुईको रोमान्स सन् १९९९ सम्म चलेको थियो । ३५ वषर्ीया सुन्दरीले ढिलै भए पनि आफ्नो पहिलो रोमान्सका बारेमा मुख खोल्दै अब फेरि सायदै  एक हुने बताइन् । ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ भनेझैं यतिखेर सलमानको दिनदशा बलियो भएका बेला उनीसँग कतिले आफ्नो नाम जोडेर प्रचार खोज्ने हुन्, हेर्दै जाऊँ ।

 

– एजेन्सी