राजनैतिक हस्तक्षपको कारण बन क्षेत्र अतिक्रमण

– कृष्ण खनाल

 

बुटवल २१ साउन  । नेपाल वन पैदवार उद्योग व्यवसायी महासंघका अध्यक्ष कपिल प्रसाद अधिकारीले राजनैतिक संरक्षणमा एक लाख हेक्टर बनक्षेत्र अतिव्रुमण भएको दाबी गर्नु भएको छ । वन पैदवार उद्योग व्यवसायी संघ रुपन्देहीको तेश्रो साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष अधिकारीले उक्त दाबी गर्नु भएको हो । 

 

 वन जंगलको संरक्षणका लागि भन्दै राज्यले बन पैदावार उद्योग व्यवसायनै बन्द हुने खालका निति ल्याउने तर राजनैतिक संरक्षणमा एक लाख हेक्टर वन क्षेत्र अतिव्रुमण भएको सम्बन्धमा राज्य गम्भिर नभएको उहाँको आरोप छ । 


  राजनैतिक दल र उच्च कर्मचारीहरुले व्यवसायीहरुलाई दुहुनो गाई बनाएको आरोप लगाउँदै उहाँले बनजंगलको संरक्षण गर्ने हो भने जंगलका रुखहरुको नम्बरीङ्ग गर्नु पर्ने कुरामा जोड दिनु भयो । 


 नेपाल वन पैदावार उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष नवराज न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यव्रुममा पश्चिमााचल क्षेत्रिय वन निर्देशनालका निर्देशक डा. राजन कुमार पोखरेल वन पैदवार व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष श्याम सुन्दर ढकाल महासचिव दिनेश प्रसाद बाग्ले नेकपा एमालेका शिव सुवेदी नेपाली कांग्रेसका प्रतिनिधि राम बहादुर कार्की नवलपरासीका जिल्ला वन अधिकृत सोहरत कुमार ठाकुर रुपन्देही उद्योग संघका अध्यक्ष एजाज आलम घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख रुद्र बहादुर मल्ल संघका जिल्ला उपाध्यक्ष रुद्र बहादुर हमाल लगायतले भन्तव्य व्यक्त गर्दै अधिबेशनको सफलताको कामना गरेका थिए ।


 कार्यव्रुममा संघका जिल्ला महासचिव दिनेश राज रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 


 अधिशनले आजै नयाँ नेतृत्वको चयन समेत गर्ने संघले जनाएको छ ।