आर्थिक बर्ष सकिएको एक महिना बित्न लाग्दा समेत बार्षिक प्रतिवेदन नबनाएको खुलासा

– कृष्ण  खनाल

 

बुटवल २२ साउन   । राजस्व अनुसन्धान पश्चिमााचल इकाई कार्यालय बुटवलले आर्थिक वर्ष सकिएको एक महिना पुग्न लाग्दा समेत वार्षिक प्रतिवेदन तयार नपारेका खुलासा भएको छ । 


   नियम अनुसार आर्थिक वर्ष सकिएको ७ दिन भित्रमा प्रतिवेदन तयार गरी सम्बन्धित कार्यालयको विभागमा पठाइसक्नु पर्ने भए पनि सो कार्यालयले अझै सम्म पनि उक्त प्रतिवेदन तयार नगरेको हो । 


   कार्यालयको दुई आर्थिक वर्षको प्रतिवेदनलाई तुलना गरेर समाचार सम्प्रेषणका लागि कार्यालयमा पटक-पटक गएका पत्रकारलाई सो कार्यालयमा भोली पसर्ी भन्दै टार्दै आएपछि आइतबार मात्र प्रतिवेदननै तयार नभएको खुलासा भएको हो । 


   आर्थिक वर्ष सकिएको एक महिना बित्न लाग्दा समेत प्रतिवेदन तयार नभएको बारे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुमार थापासँग जिज्ञासा राख्दा कुनै पनि कार्यालयले आर्थिक वर्ष सकिएको ७ दिन भित्रमा प्रतिवेदन सम्बन्धित कार्यालयको विभागमा पठाउनु पर्ने नियम भएको जानकारी दिए । उता वार्षिक प्रतिवेदन लिन साउन महिनाको यस अवधि सम्म पाँच पटक उक्त कार्यालय पुगेका  पत्रकार प्रकाश खनाललाई कार्यालयका लेखापाल कृष्ण कुमार वन्जाडेले सकारात्मक समाचारका लागि हो भने तपाईलाई के सहयोग गर्नुपर्छ गर्छौ होइन भने कार्यालयको काममा बाधा पारेको भन्दै सम्बन्धित निकायमा जान सकिने आर्थिक प्रलोभन सहितको धम्कि दिए ।

 

प्रतिवेदन लिन जाने व्रुममा सो कार्यालयको राजस्व गास्ति टोलिले नियन्त्रण लिएका ट्रक सहितका सामाग्रीहरुको बारेमा पनि जिज्ञासा राख्दा अनुसन्धान हुँदै छ भन्दै सूचना लुकाउदै आएको थियो ।

 
  सो कार्यालयले विभिन्न समयमा राजस्व छलिको आशंकामा नियन्त्रणमा लिने गरेपनि कार्यालयमा ल्याएको ३,४ दिन हुँदा समेत कस्तो सामाग्री कसले कहाँबाट कहाँ लैजानका लागि ल्याएको हो र ति सामाग्री के कति परिमाणको छ भन्ने सम्बन्धमा सामान्य विवरण समेत साचार कर्मीलाई दिन इन्कार गर्दै आएको थियो ।