आफ्नै साथीले चलाएको गोली लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु

– प्रेमनारायण आचार्य


यूएई डेस्क) – अर्घाखाँची – २३  साउन।  अर्घाखाँचीको जलुके गाविसमा सिकार खेल्न जंगलमा गएको बेला आफ्नै साथीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।


जलुके गाविस वाड नं ५ बुढीदमारको जंगलमा सिकार खेल्न गएको बेला टंकबहादुर पुनले मृग भनेर चलाएको गोली लागेर  आफ्नै साथी स्थानीय ५२ बषिर्य डालबहादुर कुमाल — के एम ) को ज्यान गएको हो ।


हिजो दिउसो सिकार खेल्न गएको समयमा आफ्नै साथीको मृग भनेर गोली चलाउदा मृत्यु भएको गोली चलाउने पुनले स्थानीय बासिन्दा समक्ष स्वीकारेको स्थानीय बासिन्दाले बताएका छन् ।


हत्या गर्ने पुन फरार भएका छन् । अर्घाखाँची,प्युठान र दांगको सिमाना तथा बिकट गाँउमा घटना भएकाले समाचार आज दिउसो मात्र प्राप्त भएको हो ।


घटनाको बारेमा जानकारी लिनर् इलाका प्हरी कार्यलय ठाडाको एक टोली घटनास्थल तर्फगएको तर घटनाको बारेमा आधिकारिक जानकारी नआईसकेको प्रहरी नायब उपरिक्षक अरुण पौडेलले बताउनु भयो ।

 





अन्य समाचारहरु