– प्रेमनारायण आचार्य
यूएई डेस्क – अर्घाखाँची – २३ साउन । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले एसएलसी मौका परिक्षामा परिक्षाको मर्यादा विपरित काम गरेको भन्दै ७ जना परिक्षार्थीलाई निष्कासन गरेको छ । अर्घाखाँचीमा एसएलसीबाट परिक्षार्थी निष्कासन गरिएको यो पहिलो पटक हो ।
अर्घाखाँचीको अर्घाखाँची आबसीय उच्च मा वी केन्द्रबाट १४७१२५६ टि र १४७१२६७ इ,१४७०३९र्६र् इ,०४७०१३९ जि सिम्वोल नम्वरका ४ जना परिक्षार्थी र जनज्योती उच्च मा वी सन्धिर्खक केन्द्रबाट १४७०१८८ आर,१४७०१७३ सी,१४७०३४४ आर सिम्वोल नम्वरका ३ जना परिक्षार्थीहरु निष्कासन गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानाकारी दिए ।
परिक्षाको मर्यादा माथी गएर काम गरिएको अवस्था भेटाएपछि आजको अग्रेजी परिक्षाबाट ६ जना प्ररीक्षार्थी निष्कासन गरिएको खनालले बताउनुभयो । परिक्षा सञ्चालन हुन भन्दा १ हप्ता अगाडी देखी र परिक्षा हलमा प्रवेश गरेपछि पनि परिक्ष्ँार्थीलाई सचेत गर्राईएको भएपनि नियमको कुनै वास्ता नगरेकाले निष्कासन गरिएको कार्यालय जनाएको छ ।



