भरतपुर – चितवनको जुटपानीबाट गाई काटेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति जुटपानी ४ स्थित पाडे वाईकाको घरमा गाई काटिरहेको अवस्थामा ४ जनालाई ईलाका प्रहरी रत्ननगरले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा प्रेम लामा, पानबहादुर लामा, रामबहादुर दोङ्ग र सुनबहादुर तामाङ्ग छन् ।
उनीहरु सबै जुटपानीका बासिन्दा हुन् । पक्राउ गरिएकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



