काँग्रेसका युवा नेता गगन थापाले काठमाडौँमा मासु पसल सुरु गरे

Click on the slide!

 

काठमाडौ  –   नेपाली काँग्रेसका युवा नेता तथा सभासद् गगन थापाले काठमाडौँको गोल्फुटारमा सरकारी मापदण्डअनुसारको नयाँ मासु पसल सुरु गरेका छन् । 

स्वास्थ्यलाई बढी प्राथमिकता दिएर स्वस्थकर मासु बेच्ने उद्देश्यले पसलको शनिबार बिहान औपचारिक रुपमा उद्घाटन गरिएको हो । 

सभासद् थापासहित चारजनाले करिब चार आनाको जमिनमा अहिले मासु पसल सुरु गरेको बताउँदै एक वर्षभित्रमा १० स्थानमा यस्ता पसल खोल्ने जानकारी दिए ।

थापाले यसअघि नै नुवाकोटको सुनखानीमा बाख्रापालन, मौरीपालन, कुखुरापालन र दक्षिणकालीमा कुरिलो खेती सुरु गरिसकेका छन् । 

काठमाडौँ महानगरपालिकाका जनस्वास्थ्य विभाग प्रमुख डा‌‌ बाबुराम गौतमले सरकारी मापदण्डअनुसार मासु पसल सञ्चालन गर्न सकेमा मासुजन्य पदार्थबाट लाग्ने रोगबाट बच्न सकिने बताए । 

सरकारी मापदण्ड अनुसारको मासु पसलमा खसी काट्नुभन्दा अगाडि २४ घण्टा दाना र पानी मात्र खुवाउने, त्यसपछि १२ घण्टासम्म पानी मात्र खुवाउने गरिन्छ भने विद्युतीय करेन्टद्वारा खसी काटिन्छ । 

काटिएको २४ घण्टासम्म चिलिङ् मेसिनमा राखेर मासुको गुणस्तर मापन गरेर मात्र मासु बिक्री गरिन्छ । रासस