– कृष्ण खनाल
बुटवल २९ साउन । सुनौलो संगम युवा क्लवको आयोजनमा बुटवलमा जारी टि ट्वान्टी कि्रकेट प्रतियोगीतको आईतवार भएको प्रतिष्पर्धामा जानकीनगर युवा क्लव जानकीनगर र रोयल सुनौली विजयी भएका छन ।
दोस्रो चरणको पहिलो खेलमा जानकीनगर युवा क्लव जानकीनगरले बुटवल युवा क्लव अमरपथलाई ५३ रनको फराकीलो अन्तरले हरायो । बुटवल युवाले टस जितेर फिल्डीङ्ग गर्ने नियर्ण गरेको थियो । व्याटिङ्गको निम्तो पाएको जानकीनगर युवा क्लवले २० ओभरमा ७ विकेटको नोक्सानमा १ सय १८ रनकॊ योगफल तयार पारेको थियो । जवाफी व्याटिङ्गमा उत्रेको बुटवल युवा अमरपथले १५ ओभर ४ वलमा मात्र ६५ रनमा सिमीत रहेको थियो ।
प्रतियोगीतमा ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिएका जानकीनगर युवा क्लवका बिशाल म्यान अफ द म्याच घोषित भए । त्यस्तै आईतवारनै भएको दास्रो खेलमा रोयल सुनौली भारतले ह्यापी क्लव पडसरीलाई ५७ रनकले हरायो । पहिला टस जितेर व्याटिङ्ग गरेको रोयल सुनौली भारतले १५ ओभर ३ वलमा १ सय २४ रनको योगफल तयार पारेको थियो । जवाफी व्याटिङ्गमा उत्रेको ह्यापी क्लव पडसरीले १३ ओभरमा मात्र ६८ रन मात्र बनाउन सफल भएको थियो ।
प्रतियोगीतमा रोयल सुनौली भारतलाई जित दिलाउनकालागी ४ ओभरमा २३ रनको योगदान दिई ५ विकेट लिएका बिशाल जयसवाल म्यान आफ द म्याच घोषित भए । आजको खेल युनाईटेड स्पोर्टस् क्लव दिपनगर बुटवल भसे्रज जि आर स्र्पोट्स क्लव वेलवार र रक स्टार प्रतापपूर भसे्रज शिव शक्ति भैरहवाका विच हुने आयोजकले जनाएको छ ।