असफल झलनाथ खनालद्धारा शान्ति प्रक्रियामा सत्तासाझेदार माओवादी, प्रतिपक्षी कांग्रेसबाट सहयोग नपाएको गुनासो

Photo8झलनाथ खनालले शान्ति प्रक्रियामा सत्तासाझेदार माओवादी र प्रमुख प्रतिपक्षी कांग्रेसबाट सहयोग नपाएको गुनासो गरेका छन् । व्यवस्थापिका संसदमा सम्वोधन गर्दै उनले सहयोग नपाएकै कारण आफूले राजीनामा दिएको बताए ।

 

काठमाडौं – हिँजोमात्र प्रधानमन्त्री पदबाट राजीनामा दिएका असफल झलनाथ खनालले आफूले शान्ति प्रक्रियाबारे ठोस प्रगति गर्न सक्षम नभएपछि राजीनामा दिएको बताएका छन्। उनले माओवादीका आन्तरिक समस्या निराकरणका लागि आफूले सहयोग गरे पनि माओवादीबाट भने त्यसअनुसारको सहयोग नपाएको पनि बताए।

 

आफूले अरुको विरोधका बाबजुद पनि गृह मन्त्रालय माओवादीलाई दिएको, उनीहरुले पठाएका मन्त्रीलाई शपथ खुवाएको जस्ता काम गरेको र यो सबै शान्ति प्रक्रियालाई सहयोग पुगोस् भनेर नै गरेको बताउँदै तर यसले पनि शान्ति प्रक्रियामा कुनै सुधार भने नआएको पनि बताए।

प्रधानमन्त्रीले दलहरु प्रतिबद्ध भएर लागेमा संविधानको मस्यौदा तोकिएकै समयमा ल्याउन कुनै समस्या नपर्ने पनि बताए। प्रमुख दलहरुको असहयोगका कारण भदौ १४ गतेसम्म जानु मेरा लागि स्वीकार्य भएन भन्दै उनले अझै पनि सहमति र सहकार्यको विकल्प नभएको दोहोर्‍याए । र, भने- शान्ति प्रक्रियालाई अगाडि बढाउन एमाओवादी प्रतिबद्ध भएन र आफ्नो नेतृत्वविना शान्ति र संविधान निर्माण हुँदैन भन्ने कङ्ग्रेसको सोचाई नबदलिएसम्म शान्ति र संविधान निर्माण सम्भव हुन्न।

राजीनामा र यसको कारणबारे जानकारी दिन संसदमा सम्वोधन गर्नका उनी ३ बजे नै पुग्ने र त्यतिबेलै संसद बस्ने भनिए पनि प्रधानमन्त्री नपुगेकै कारण संसद सुरु हुन सकेको थिएन।

संसद सुरु हुनुअघि पनि संसद भवनमा पुगेका तीन प्रमुख दलका नेताबीच अबको मार्गबारे विभिन्न चरणमा अनौपचारिक वार्ता र भेटघाट भने भएका थिए।

 

Nepalese Prime Minister Khanal arrives to announce his resignation at the parliament in Kathmandu