– कृष्ण खनाल
बुटवल ३२ साउन । गएराती रुपन्देहीको दुधराक्ष गाबिस बाँसगढिमा १९० क्युफिट सालको अबैध काठ सहित १ जिप र ३ जना काठ तस्करलाइृ प्रहरीले पक्राउ गरेको छ ।
राती करिब १२।३० को समयमा ईप्रका सालझण्डीका प्रनि डिल्लीनारायण पाण्डेको नेतृत्वमा गएको एक टोलीले लु। १ च ३०८९ नम्बरको बोलेरो जिपमा सालको काठ सहित ३ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बुटवल १४ का रमेश मल्ल करहिया २ का मदन झेंडीमगर र कपिलबस्तु शिवपुर ६ का द्रोण नेपाली रहेका छन ।
निज अभियुक्तहरुले सो काठ कपिलबस्तुको पिपरा देखि बुटवल तर्फ ल्याउँदै गरेको र उक्त काठ कटान गरेको जंगलमा प्रसस्त मात्रामा सालका गोलियाहरु काटेर राखिएको ईप्रका सालझण्डीका प्रनि डिल्लीनारायण पाण्डेले बताउनु भयो।
उहाँका अनुसार यसअघि पनि तिनिहरुले पटक पटक काठ तस्करी गरेको र गत चैत्र महिनामा पक्राउ परि केहि दिनमा नै छुटेको समुह पुन पक्राउ गरिएको हो ।