– कृष्ण खनाल
बुटवल १ भदौ । न्यु होराईजन कलेज बुटवलले चालु शैक्षीक सत्रबाट डिप्लोमा लेभलमा विएस्सी बिज्ञान सकंाय को कक्षा साचालन गर्ने भएको छ । निजी क्षेत्रले राजधानी बाहीर वि।एस्सी कक्षा साचालन गर्न लागेको यस क्षेत्रमा यो नै पहीलो कलेज भएको जनाईएको छ ।
कलेजले बुधवार पत्रकार सम्मेलन गरी निजी क्षेत्रमा बिएस्सी कार्यक्रम साचालन गर्ने होराईजन कले यस क्षेत्रको पहीलो कलेज भएको दावी गरेको हो । बिद्यार्थी र अभीभावकको सुविधा र आवस्यकतालाई मध्यनजर गर्दै बिएस्सी कार्यक्रम ल्याईएको कलेज ब्यबस्थापन समीतीका अध्यक्ष डा ईस्वर गौतमले बताए । उनले न्युनतम शैक्षीक शुल्कमा बिएस्सी कक्षा सचालन गर्न लागीएको र छिट्टै भर्ना खुलाईने समेत जानकारी दिए । कक्षा सचांलनकोलागी आवस्यक सवै तयारी पुरा भईसकेको छ । कलेजका प्राचार्य लोकनाथ उपाध्यायले भने- अव छिट्टैनै भर्ना आह्वान गर्दै छौ ।
कार्यक्रममा सहभागीहरुले होराईजनले बिएस्सी कक्षा साचालन गर्न लागेकोमा खुसि ब्यक्त गर्दै यसले यसक्षेत्रको शैक्षीक बिकासमा थप टेवा पुर्याउने बिस्वास ब्यक्त गरे । होराईजनले कक्षा ११ र १२ मा भने यस अघीनै बिज्ञान सकांयको अध्यापन गराउदै आएको छ ।