नेपाली महिलाहरुद्धारा उत्पादित बस्तु तथा सेवाको प्रदर्शन एवं प्रवद्र्धन गर्ने उदेश्यका साथ पोखरा आजदेखि महिला उद्यमी मेला शुरु भएको छ । तीजको अवसर पारेर आयोजना गरिएको मेलामा ५० वटा स्टल राखिएका छन् भने मेला पाँच दिन सम्म चल्ने छ ।
मेलामा महिलाद्वारा उत्पादित विभिन्न वस्तु तथा शिपको प्रदर्शन, विक्री गरिएको छ । महिलाहरुलाई सक्रिय रुपमा उद्योग क्षेत्रमा आकर्षित गर्न र सिप हस्तान्तरणको परिपाटी बसाल्ने उद्देश्यले पोखरा उद्योग वाणिज्य संघको पहलमा मेला अयोजना गरिएको हो ।