काठमाडौँ – विहीवार दिउँसो २ बजेर २० मिनेट जाँदा ४.० रिक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ।
उक्त भूकम्पको केन्द्रबिन्दु लमजुङ जिल्लाको दुराडाँडा आसपास भएको केन्द्रले जनाएको छ। रासस