बलिउड नायिका दीपिका पादुकोणले पूर्वप्रेमी रणवीर कपुरको नामको आफ्नो घाँटीमा कुँदिएको टाटु मेटाउने मरिमेट्दै


 

मुम्बई – मन नै बदलेपछि कसको के लाग्छ र ? बलिउड नायिका दीपिका पादुकोण कै उदाहरण लिऊँ । यति बेला उनी आफ्नो प्रेमको निसानी मेटाउने मरिमेट्दै छिन् । सन्दर्भ उनको घाँटीमा कुँदिएको पूर्वप्रेमी रणवीर कपुरको नामको हो । धेरै चर्चा भइरहने यही टाटु अब उनी गलाबाट हटाउन चाहन्छिन् ।

 

यसका लागि उनले वरिष्ठ प्लास्टिक सर्जनहरूसँग सल्लाह लिइरहेकी छन् । स्रोतका अनुसार केही समययता दीपिकालाई यस टाटुप्रति दिक्क लाग्न थालेको छ । तर उनले रणवीर कपुरको नाममा कोरेकी ‘आरके’ टाटुलाई अहिलेका प्रेमी सिद्धार्थ माल्याका लागि मेटाउन लागेकी हैनन् । आगामी फिल्मका कारण उनले टाटु हटाउन चाहेको बताएकी छन् ।

 

उनलाई एक फिल्ममा यस्तो ग्ल्यामरस् भूमिकामा खेल्ने अफर आएको छ, जसमा टाटुले अभिनयप्रतिको विश्वस्नीयतामा बाधा पार्ने उनको ठम्याइ छ । रणवीरसँग सम्बन्धमा रहेको बेला उनले टाटु बनाएकी थिइन् । बे्रकअप हुँदा पनि उनले टाटुसँग कुनै समस्या नरहेको सुनाएकी थिइन् ।

 

उता रणवीर-दीपिका जोडीलाई एकसाथ बाध्न निर्देशक ऐयान मुखर्जी लागिपरेको समाचार छ । उनले नयाँ फिल्मका लागि आफ्नै घरमा दैनिक भेटघाटको वातावरण सिर्जना गराइदिएका छन । उनले नाम नतोकीकन निर्माण गर्न लागिएको नयाँ फिल्ममा दीपिका र रणवीरलाई एकै साथ काम गराउन यसो गरेका हुन् । सुटिङमा जानुभन्दा पहिले उनीहरूमा काम गर्न सहजता अनुभूति होस् भन्ने उनको भित्री आकांक्षा हो ।

 


-एजेन्सी)