काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य अस्वभाविक तवरले बढ्न थालेपछि नेपाली सुन बजार जोखिममा परेको छ ।
विश्वको शेयर बजार डरलाग्दोरुपमा ओरालो लाग्ने क्रम नरोकिनु र मानिसहरूले सुनमा लगानी गर्ने क्रम तीब्ररुपले बढाएको हुनाले सुनको मुल्य अस्वभाविकरुपले बढेको नेपाल सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए ।
सुनको मुल्य बिहीबारको तुलनामा शुक्रबार प्रतितोला रु.१५५० ले बढेर प्रतितोला रु.५२ हजार २५० पुगेको छ । बिहीबार सुनको मुल्य प्रतितोला रु.५०हजार ७०० कायम रहेको थियो ।
सुनको मुल्य अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंश १८४२ अमेरिकी डलर कायम भएको छ, हिजोको तुलनामा शुक्रबार बिहान ६० डलर प्रतिऔंश वृद्धि भएको छ ।
शाक्यका अनुसार शुक्रबार बिहान ११ बजेको तुलनामा डलरको मुल्य दिउँसो प्रतिऔंश पाँच डलर बढेको छ ।



