– शिबलाल सुबेदी
गुल्मी भदौ ३ । उत्पादक कृषकब्यवसायी र उपभोक्ता बिचको अन्त्तर हटाई कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन ।
जिल्ला कृषि विकास कार्यलय गुल्मी र गुल्मी उद्योग बाणिाय सघं गुल्मीको अयोजनामा तरकारी तथा फलफुल उत्पादक कीसान र ब्यवसायी बिच शुक्रबार भएको अन्त्तरकि्रया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन । कार्यक्रममा उचित बजारको ब्यवस्था हाट बजारलाई ब्यवस्थि बनाउनु पर्ने उत्पादक कृषकहरु जस्तै ब्यवसायीहरु पनि सगठित भएर लाग्नु पर्ने कृषि उत्पादकहरुले नाफा भन्दा गुणस्तरलाई ध्यान दिनु पर्ने पछिल्लो समयमा देखिएको युवा बिदेश पलायन जस्तो गम्भिर समस्यालाई रोक्नका लागि जिल्ला कृषि विकास कार्यलयले कृषिमा युवामुखि कार्यक्रम ल्याउनु पर्ने कुरामा समेत जोड दिइएको थियो ।
क्षेत्रिय कृषि निर्देशनालयका बिरेन्द्र हमालको प्रमुख आथित्यता रहेको कार्यक्रममा बष्रिठ कृषि विकास अधिकारी नरहरि प्रसाद घिमीरे सफल कृषक कमलराज श्रेष्ठ जिल्ला सहकारी सघंका अध्यक्ष शेषकान्त्त गौतम पत्रकार महासघं गुल्मीका अध्यक्ष घनश्याम गौतम गुल्मी उद्योग बाणिाय सघंका सम्पुर्ण सदस्यहरु ब्यवसायीकृषक पत्रकारहरु शिब सुबेदी टोपलाल अर्याल नारायण प्रभात मरासिनीगुणाखर अधिकारी लयागतको उपस्थिती रहेको थियो । गुल्मी उद्योग बाणिाय सघं गुल्मीका अध्यक्ष कुष्ण प्रसाद भण्डारीको अध्यक्ष्तामा रहेको कार्यक्रमको साचालन सचिव तारा प्रसाद भुसालले गरेका थिए ।