आज कृष्ण जन्माष्टमी

आज भाद्र कृष्ण अष्टमी । भगवान् श्रीकृष्णको जन्म दिन अर्थात कृष्ण जन्माष्टमी पर्व नेपाल अधिराज्यभर हिन्दु धर्मालम्बीहरूले भगवान् श्री कृष्णको पूजाआजा गरी मनाइरहेका छन् ।

 

परम्परा अनुसार आजको दिन बिहानै उपत्यकाको पाटन स्थित कृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड हुने गर्दछ। पूजा आराधना गर्नका लागि उपत्यकालगायत आसपासका ठाउँहरूबाट हजारौं दर्शनार्थीको घुइंचो लाग्ने गर्छ ।