सार्वजनिक लेखा समितिद्दारा माग अनुसारको सुलभ र गुणस्तरको नोट बितरण गर्न नेपाल राष्ट्र बैक र अर्थ मन्त्रालयलाई निर्देशन

व्यवस्थापिक संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले माग अनुसारको सुलभ र गुणस्तरको नोट बितरण गर्न नेपाल राष्ट्र बैक र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

दश रुपैयाको पोलिमोर अर्थात् प्लाष्टिक नोटको छपाईको सम्बन्धमा छलफल गर्न आज बिहान बसेको समितिको बैठकले एक महिनाभित्र सबै कागजात सहित प्रतिवेदन पेश गर्न निर्देशन पनि दिएको छ ।

 

अनियमितताको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धानमा छानविन भैरहेको जानकारी दिदै गभर्नर डा. युवराज खतिवडाले छानविन सकारात्मक भएको र छानविनबाट दोषी ठहरीएकालाई करवाही गर्ने प्रतिबद्धता जनाए ।

 

अर्थसचिव कृष्णहरि बाँस्कोटाले भने राष्ट्र बैक स्वायत्त संस्था भएकोले नोट छाप्ने र बितरण गर्ने काममा मन्त्रालयको कुनै भूमिका नहुने बताए ।

 

सभासदहरुले पोलिमोर नोटको छपाईको बारेमा मन्त्रालय र बैकको भनाइप्रति आपत्ति जनाएका थिए । पूर्व सम्झौता अनुसार दश रुपैयाको कागजको ५ लाख थान नोट अहिले पनि अष्ट्रेलियामा रहेको जानकारी पनि बैंकले दिएको छ ।