प्यूठानमा बम भेटिने क्रम बढ्दै

प्यूठान  – प्यूठानमा शनिबार बिहान  भेटिएका बम दिउँसो निष्कृय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोमल बमे निष्कृय गरिएको चण्डि दल गण प्यूठानले जनाएको छ । प्यूठानको धर्मावती १ बाग्दुलामा जनता उच्च माध्यामिक विद्यालय परीसरमा बम भेटिएको थियो ।

प्यूठान जिल्लामा नेपाली सेनाले राखेका माइन बम निष्कृय पारीएक पश्चात विभिन्न ठाउँमा यस्ताखाले बम भेटिने क्रम बढ्दै गएको छ । यो सहित प्यूठानका ३ ठाउँमा यस्ता बम भेटिएका थिए  ।

थाहा भए अनुसार यस भन्दा पहिले जिल्ला प्रहरी कार्यालय परीसर बाहिर ३ वटा सकेट बम, बरौलामा एकवटा सकेक बम भेटिएको थियो ।