राजबल्लभ कोइराला, निशा अधिकारी, अनुप बराल, तृप्ति नाडकर, रमेश बुढाथोकीको प्रमुख भूमिका रहेको फिल्मको निर्देशन पनि बुढाथोकीले नै गरेका हुन् । ‘स्त्रिmप्ट मन परेकोले लामो समयपछि फिल्ममा गीत लेख्ने जाँगर चल्यो,’ झन्डै १२ वर्षको अन्तरालपछि ‘पल’ का तीन गीत लेखेका किरण खरेलले भने, ‘अहिलेसम्म मैले फिल्मको यति राम्रो कथावस्तु देखेकै थिइनँ ।’ बुधबार पत्रकार सम्मेलनमा निर्मातासमेत रहेका शाक्यले देशको वर्तमान विकृत अवस्थादेखि वाक्क भएर नर्कलाई स्वर्ग बनाउन फिल्म निर्माण गरेको बताए । उनले भने, ‘नाउँ कमाउँ’ भन्ने चाहेर फिल्म बनाएको होइन ।’
उनका अनुसार प्रदर्शनबाट उठेको आम्दानीको ६० प्रतिशत सामुदायिक विकास कार्यक्रमका लागि दिइनेछ । च्यारिटीबाटै करिब ३६ लाख रुपैयाँ उठाइसकेको निर्माण पक्षको दाबी छ ।



