काठमाडौ – विश्वकै सबैभन्दा पुरानो क्लब ‘कोलकाता क्रिकेट एन्ड फुटबल क्लब’ ले काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
बेलायती शासकले सन् १७९२ मा स्थापना गरेको क्लबबाट खेल्न बंगाल र भारतका ख्यातिप्राप्त पूर्वखेलाडी र कर्पोरेट व्यक्तित्व बिहीबारै काठमाडौं आइसकेका छन् ।
उनीहरूले पहिलो खेलमा नेपालका पूर्वराष्ट्रिय खेलाडीहरू समावेश टिमसँग शनिबार खेल्ने छन् ।
दोस्रो खेल नेपाल खेलकुद पत्रकार मञ्चविरुद्ध आइतबार हुने छ । दुवै खेल सशस्त्र प्रहरी बलको मैदान, हलचोकमा हुनेछन् ।



