– मनोज बस्नेत
गुल्मी भदौ ११ । यही भाद्र ७ गते पोखरामा भएको क्षेत्रीय कृषि सम्वन्धि तीज गीत प्रतियोगितामा द्धितीय स्थान प्राप्त गर्न सफल नयाँगाउँको प्रगतिशील वहुउद्देश्यीय कृषक समुहलाई एक कार्यक्रमका वीच अभिनन्दन गरिएको छ ।
जिल्ला कृषि विकास कार्यलय गुल्मीको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाकै गौरव उक्त समुह भएको भन्दै फुल माला र अविरले सम्मान तथा अविनन्दन गरिएको थियो । कार्यक्रममा वोल्दै समुहकी टोली नेता अस्मिता खड्काले सवैको सहयोगले आफुहरु यो स्थानमा पुगेको भन्दै आगामी दिनमा पनि सवैको यस्तै सहयोगको खाँचो रहने वताउनुभएको थियो । उहाँले यस्ता गीत संगीत प्रतियोगितामा मात्र नभई आफ्नो गाउँ गाउँमा पुगेर प्रस्तुत गरी स्ावैको ध्यान कृषि तर्फ आर्कर्षित गर्न प्रयत्न गर्ने वताउनुभयो । त्यस्तै कार्यक्रममा जनज्योति वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष संकर कुँवरले पनि कृषिलाई व्यवसायिक करण गर्नुपर्ने वताउनुभयो ।
उक्त समुह सेवा केन्द्र स्तरीय तीज गीत प्रतियोगितामा प्रथम भएर पुन भदौ ३ गते जिल्ला स्तरीय तीज गीत प्रतियोगितामा पनि प्रथम भएको थियो । कृषि विकास कार्यलयका प्राविधिक सहायक चेतनारायण पन्थीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रममा कार्यलयका शाखा अधिकृत रामचन्द्र पन्थीको प्रमुख आतित्थ्यता जिल्ला शिक्षा कार्यलयका लेखापाल देववहादुर घर्तीको विशेष उपस्थिती रहेको थियो । कार्यालयका वागवानि विकास अधिकृत धन वहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको साचालन प्राविधिक सहायक डोमलाल भुसालले गर्नुभएको थियो ।