पूर्व राजपरिवार सदस्य यो पटकको तीजमा पशुपतिनाथ दर्शन गर्न गएनन्

–  पूर्व राजपरिवार सदस्य यो पटकको तीजमा  पशुपतिनाथ दर्शन गर्न गएनन्। बिहान फोन गरेर ६ बजे पशुपतिनाथ जाने कार्यक्रम तय भए पनि साँझ एकाएक कार्यक्रम रद्द गरेको पशुपति क्षेत्र विकास कोष स्रोतले बतायो। ‘६ बजे दर्शन गर्न आउने जानकारी गराएकाले सुरक्षा व्यवस्था मिलाएका थियौं’, स्रोतले भन्यो- ‘पछि कार्यक्रम रद्द गरे।’

 

पशुपतिनाथ दर्शनमा को को आउने भन्ने जानकारीचाहिँ कोषलाई उपलब्ध गराइएको थिएन। पशुपति क्षेत्र विकास कोष, प्रचारप्रसार समितिका संयोजक उमेश कुइँकेललाई पूर्व राजपरिवारका महिलाले फोन गरी ६ बजेका लागि सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए। केही वर्षअघि तीजकै अवसरमा पशुपतिनाथ दर्शनार्थ गएका बेला राजपरिवारका महिलामाथि ढुङ्गा प्रहार भएपछि सुरक्षा निकायलाई समस्या परेको थियो।

 

त्यसपछि उनीहरुलाई तीजका बेला यस्तो घटना नदोहोरियोस् भनेर विशेष सुरक्षा प्रदान गरिँदै आएको थियो। यो पटक पशुतपि दर्शनमा नजानुमा पनि सुरक्षा कारण हुनसक्ने बताइएको छ।