वर्षको अन्तिम ग्रान्स्लाम टेनिस प्रतियोगिता युएस ओपनमा सर्वियाका नोभाक जोकोभिचले शान्दार प्रदर्शन गरेका छन् । अमेरिकाको न्युयोर्कमा शिर्ष वरियताका जोकोभिचले अर्जेन्टिनाका कार्लोस बेलोकलाई ६-०, ६-० र ६-२ को सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरे । यसैगरी, तेस्रो वरियताका रोजर फेडेरर पनि तेस्रो चरणमा उक्लेका छन् । स्विजरल्याण्डका फेडेररले इज्रायलका डुडी सेलालाई ६-३, ६-२ र ६-२ को सोझो सेटमा निराश पारे ।
सोही प्रतियोगिता अन्तर्गत महिला तर्पmको खेलमा शिर्ष वरियताकी डेनमार्ककी केरोलिन वोज्नियाकीले नेदरल्याण्डकी रसलाई ६-२ र ६-० को सोझो सेटमा पाखा लगाउँदै तेस्रो चरणमा प्रवेश गरिन् ।
यसैगरी, जर्मनकी एन्ड्रिया पेटकोभिक र रुसकी स्वेतलाना कुज्नेटसोवा पनि तेस्रो चरणमा प्रवेश गरेका छन् ।